१९ तोला सुनसहित लहानबाट दुई जना पक्राउ - Crazysaptahik.com

१९ तोला सुनसहित लहानबाट दुई जना पक्राउ


क्रेजी साप्ताहिक । १९ तोला सुनसहित मंगलबार दुई जनालाई सिराहा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लहान नगरपालिका १९ छर्रापट्टीबाट मोटरसाइकलमा सवार दुई युवकलाई सुनसहित पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोसाकको टोलीले को. ३८प. २६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा दुई किलो सुन बरामद भएको हो । उक्त मोटरसाइकलमा सवार लहान १९ छर्रापट्टी बस्ने २४ वर्षीय मोहम्द मोतिउल रहमान र २१ वर्षीय मोहम्द मुर्तुजालाई ४ वटा चेप्टो टुक्रा गोलो बनाई लुकाइएको अवस्थामा १९ तोला ९७ लाल सुनसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।पक्राउ परेका दुबैलाई मोटरसाइकल र सुनसहित जिल्ला भन्सार कार्यालय ठाडीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.