मोटरसाईकल चोरीमा संलग्न ४ जना पक्राउ - Crazysaptahik.com

मोटरसाईकल चोरीमा संलग्न ४ जना पक्राउ


क्रेजी साप्ताहिक
मोरङ । मोरङका बिभिन्न ठाउँहरुमा मोटरसाइकल चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । बेलबारी, सुन्दरहरैचा र लेटाङका बिभिन्न स्थानबाट बिभिन्न मितिमा हराएका एक बेवारिसे सहित ४ वटा मोटरसाईकलसहित उनिहरुलाई पक्राउ गरेको हो ।

बेलबारी १ स्थित दिनेश खडकाको कार्तिक २६ गते राति ८ बजे घरबाटै हराएको को ३५ प ११९२ नम्बरको मोटरसाईकल फागुन ८ गते ईलाममा फेला पारिएको, माघ २६ गते सुन्दरहरैचा ४ स्थित बाबुराम कार्कीको घरबाट हराएको को १३ प ९४१२ मोटरसाईकल माघ २७ गते सुन्दरहरैचा ४ का अमिर मोदी र उत्तम चौधरीलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी मंसिर २९ गते लेटाङका प्रर्बद्धन राईको को ३३ प ७५२५ नम्बरको मोटरसाईकल हराएको र ईलाम पुयाई नम्बर समेत परिबर्तन गरी बेच्ने सुरज बिकलाई पक्राउ गरी सोमबार ईलाका प्रहरी कार्यलय बेलबारीमा जिल्ला प्रहरी कार्यलय मोरङले पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.