पूर्व डिआइजी रमेश खरेलको नेतृत्वमा भ्रष्टाचारविरुद्दको अभियान - Crazysaptahik.com

पूर्व डिआइजी रमेश खरेलको नेतृत्वमा भ्रष्टाचारविरुद्दको अभियान


क्रेजी साप्ताहिक काठमाडौँ । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको नेतृत्व गर्ने भएका छन् । बिहीबार राजधानीमा उक्त अभियानको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको खरेलले जानकारी दिए । उक्त अभियानले भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका साथै सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई मुख्य प्राथमिकता दिने उनको भनाइ छ ।

अभियानमा सामाजिक व्यक्तित्वहरुका साथै केही पूर्वप्रशासक समेत सामेल छन् । अभियानले प्रारम्भिक ६ महिनासम्मको गतिविधिलाई मूल्यांकन गरेर थप योजना तथा कार्यक्रम अघि सार्ने जनाइएको छ ।२०७४ माघ २८ गते सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै खरेलले डिआइजी पदबाट राजीनामा दिएका थिए । प्रहरी संगठनमा खरेलले लोकप्रिय छवि बनाएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.