वडाध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगी नै घुससहित पक्राउ - Crazysaptahik.com

वडाध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगी नै घुससहित पक्राउ


क्रेजी साप्ताहिक बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीमा सेवाग्राहीसँग घुस लिदै गर्दा दुई जनालाई े पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका( ५ का अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल कार्यालय सहयोगी महेन्द्र यादव रहेका छन् ।

वडा अध्यक्ष यादवले चार किल्ला सिफारिस वापत ७० हजार र सरकारी वकिल कार्यालयका सहयोगीले बन्दी प्रत्यक्षीकरणका नाममा १५ हजार घुस लिदै गर्दा पक्राउ परेको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । घुस र कमसहित पक्राउ परेका दुवै जनाको अनुसन्धान भइरहेको भुसालले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.