पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा आउने - Crazysaptahik.com

पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा आउने


क्रेजी साप्ताहिक
बिराटचौक । प्रतिनिधिसभाले पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को केन्द्रीय कार्यालय मोरङको सुन्दरहरैंचामा ल्याउने प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाले पारित गरिसकेको शिक्षा सम्बन्धी केही नेपाली ऐन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाले सो निर्णय पारित गरेको हो ।

सो विधेयकमा विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङको सुन्दरहरैंचामा रहने छ भन्ने उल्लेख रहेको विश्वविद्यलयका डिन शैलेशमणि पोखरेलले बताएका छन । केन्द्रीय कार्यालय गोठगाउँमा राख्ने प्रस्ताव पारित भएपछि गोठगाउँमा बुधबार साँझ दिप प्रज्वलन गरिएको छ । बर्षौदेखि बिश्वबिद्यालयका लागि बनेका संरचनाहरु भत्किएर खण्डहर बनिसकेको अबस्थामा सो खबरले स्थानीय हर्षित बनेका छन ।

सम्बन्धित खवर