ट्याक्टरले किचेर एक जनाको मृत्यु - Crazysaptahik.com

ट्याक्टरले किचेर एक जनाको मृत्यु


क्रेजी साप्ताहिक
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ मा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । बुधवार साँझ साँढे ५ बजे ताप्लेजुङको साँघु बजारबाट तालखर्क जाँदै गरेको को ३ त ९३ नम्बरको ट्याक्टर बाटोबाट चिल्लेर दुर्घटना हुँदा ट्याक्टरका सहचालक मैवाखोला गाउँपालिका १ का १८ बर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ट्याक्टर चालक मेरिङदेन ४ का २१ बर्षीय पासाङ तेन्जी शेर्पा घाईते भई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको साथै थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.