
क्रेजी साप्ताहिक
मोरङ । प्रहरीले गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–३ का ५० वर्षीय बाबुलाल सोरेन रहेका छन् । ग्राहाक बोलाएर घरमै गाँजा बिक्री गर्ने गरेका उनलाई प्रहरी चौकी मझारेको टोलीले बुधबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
घरमा लुकाई छिपाई राखेको पाँच सय ग्राम गाँजा पनि प्रहरीले बरामद गरेको छ । राति ११ बजे पक्राउ परेका सोरेनलाई आवश्यक कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ ।

