
क्रेजी साप्ताहिक पथरी । भोली हुन लागेको मोरङको पथरीशनिश्चरे नगरपालिकाको को छैटौं नगरसभाको उद्घाटन् प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने भएका छन् ।
सिन भिलेज पार्टी प्यालेसमा भोली मन्त्री घिमिरेको प्रमुख आतिथ्यतामा हिउँदे अधिवेशनका रुपमा नगरसभाको उद्घाटन् शत्रको कार्यक्रम हुने र पर्सी नगरपालिका कार्यालयमा वन्दशत्रको कार्यक्रम हुने नगरका प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए । उनले आज कार्यपालिका बैठक बसेर कार्यक्रमको तयारीका बारेमा छलफल भएको बताए । बैठकमा नगरसभामा सहकारी ऐन र वातावरण संरक्षण ऐन पारित हुने, हालसम्मका योजनाका गतिविधि सहितको कार्यक्रम तय गर्ने विषयमा छलफल भएको छ । साथै योजनाहरुबाट उभ्रिएको रकमबाट थप योजना बनाउने कुरा निर्णय भएको उनले उल्लेख गरे ।

