पूर्वेली म्युजिक अवार्डको फारम खल्ती एप मार्फत भर्न सकिने - Crazysaptahik.com

पूर्वेली म्युजिक अवार्डको फारम खल्ती एप मार्फत भर्न सकिने


क्रेजी साप्ताहिक । पूर्वेली म्युजिक अवार्डको फारम डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ एप मार्फत पनि भर्न सकिने भएको छ । मोफसलमै पहिलोपटक सर्बा्धिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड २०२०को आवेदन फारम अनलाइन मार्फत फर्म भर्न सजिलो होस् भन्ने उदेश्यले ‘खल्ती’ एप मार्फत पनि पूर्वेली म्युजिक अवार्डको फारम भर्न सकिने आयोजकले जनाएको छ ।

नेपाली पूर्वेली लोक गीत तथा बिभिन्न भाषाभाषीहरूको गितहरू गरी २३ बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७० बैशाख १ गते देखि २०७५ चैत्र मसान्त सम्म बजारमा आएका सिर्जनालाई समावेश गर्न पाउने भएका छन । अवार्डमा उत्कृष्ट नयाँ गायक,बर्षको उत्कृष्ट गीत,उत्कृष्ट प्रस्तुति (पुरुष) उत्कृष्ट प्रस्तुति (महिला) उत्कृष्ट आवाज,उत्कृष्ट संगित,उत्कृष्ट शब्द,उत्कृष्ट लय,उत्कृष्ट शब्द लाई अवार्ड प्रदान गरिने छ ।

साथै बिभिन्न भाषाभाषीहरूको सम्मान गर्ने उद्धेश्यका साथ उत्कृष्ट लिम्बु गीत,उत्कृष्ट तामाङ गीत,उत्कृष्ट शेर्पा गीत,उत्कृष्ट मगर गीत,उत्कृष्ट राई गीत,उत्कृष्ट गुरुङ गीत,उत्कृष्ट मैथिली गीत,उत्कृष्ट थारु गीत,उत्कृष्ट राजबंशी गीत,बर्षको उत्कृष्ट गीत,उत्कृष्ट भिडियो,उत्कृष्ट दृश्य सम्पादन,उत्कृष्ट भिडियो सम्पादन,उत्कृष्ट मोडल महिला र पुरुष दुबै बिधामा आवेदन फारम भर्न सकिने पूर्वेली मिडिया नेटवर्क प्रालिका अध्यक्ष सुरेशचन्द्र दाहालले बताएका छन् ।

त्यसैगरी पूर्वेली म्यूजिक अवार्डका इभेन्ट कोर्डिनेटर राजन क्षेत्रीका अनुसार यो अवार्ड नेपाली मौलिक लोक गीत संगीतको विकाश र विस्तार एवम प्रर्वद्धन गर्ने उद्देश्य रहेकोले यसलाई भब्य र सभ्य रुपमा सहभागी भइ कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् । आबेदन फारम अनलाइनमा खल्ती एप डाउनलोड गरी भर्न सकिनुका साथै इटहरी, पूर्वेली मिडिया नेटवर्क, पूर्वाञ्चल डिजिटल रेकडिङ स्टुडियो, धरान स्थित म्यूजिक मिडिया रेकडिङ स्टुडियोको कार्यालयबाट प्राप्त गर्न सकिनुका साथै ९८५२०६३७६४ (राजन क्षेत्री), ९८१६९३११२२ (बिपिन लिम्बु), ९८५२०५७६५४ (सुरेश दाहाल) , ९८४२०९७५५४ (रूद्र श्रेष्ठ) मा सम्पर्क गरी भर्न सकिने ब्यावस्था मिलाइएको आयोजकले बताएको छ ।

सम्बन्धित खवर