क्रेजी साप्ताहिक
पथरी । ईलाका प्रहरी कर्यालय पथरीमा नयाँ डिएसपीका रुपमा आएका दिलिप कुमार गिरी धमाधम पुराना फाईलहरु खोल्नमा ब्यस्ीत छन् । उनले बिभिन्न मुद्धाका फरार समेत गरी ४० बढी अभियुत्त पक्राउ समेत गरिसकेका छन, तरपनि पथरीको रिना बस्नेत मृत्यु प्रकरण र षडराज तामाङ मृत्यु प्रकरणमा प्रहरी चुप लागेको छ ।
अत्याधिक जनचासोका रुपमा हेरिएका दुई मृत्यु प्रकरण एक बर्ष बित्न लाग्दा पनि रहस्यमय नै देखिन्छ । प्रहरीले दुबै मृत्युलाई आत्महत्या भनेपनि स्थानीयले सो आत्महत्या स्वीकार गर्न सकेका छैनन् । गिरी इलाका प्रहरी प्रमुख भएर पथरी आए संगै ‘एक्सन’मा उत्रिएका छन् । गिरीले फरार सुचीमा रहेका अपराधीलाई नियन्त्रणमा लिएपनि गत वैशाखमा भएको रिना वस्नेत मृत्यु प्रकरणका वारेमा भने अनुसन्धानकै क्रममा रहेको प्रहरी वताउदै आएको छ ।
सिक्का बारवाट लडेर मृत्यु भएका भनिएका पथरीशनिश्चरे ७ का षडराज तामाङ्गको मृत्यु प्रकरण वारे पनि प्रहरीले अनुसन्धान नै गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख दिलिप कुमार गिरीले वताए । षडराज मृत्यु प्रकरण त एक बर्ष बितिनै सकेको छ । २०७६ बैशाख ७ गते २९ बर्षीय रिना बस्नेतको रहस्यमय मृत्यू भएको थियो, यो घट्ना पनि एक बर्ष पुग्न लागिसकेको छ । उनीहरुको मृत्युलाई स्थानियवासीले ‘हत्या’ भन्दै आएका छन् । प्रहरीले सो को फाइल अनुसन्धानकै क्रममा रहेको बताएपनि अहिले सम्म कसैलाई नियन्त्रणमा लिएको छैन् ।
रिना मृत्यु प्रकरणमा उनका प्रेमी भनिएका कमल नेपाललाई केहि समय नियन्त्रणमा लिएपनि पछि उनको संलग्नता पुष्टी नभएको भन्दै रिहा गरेको थियो । डिएसपी गिरी दुवै घटनाको वारेमा अनुसन्धान जारी रहेको भन्दै सुक्ष्म रुपमा अनुसन्धान भईरहेकोले परिणाम आउन केहि समय लाग्ने बताउँछन् । यता बजारबासि भने यी दुई प्रकरणको पार नलागाउन्जेल प्रहरीसँग विश्वस्त दखिदैनन् ।