मिस पथरीशनिश्चरेको दोस्रो संस्करण हुने - Crazysaptahik.com

मिस पथरीशनिश्चरेको दोस्रो संस्करण हुने

प्रेमप्रसाद भट्टराई (के.डी)
पथरी । मिस पथरीशनिश्चरेको दोस्रो संकरण हुने भएको छ । शनिबार पथरीशनिश्चरेको पथरीशनिशचरे बुद्धचौकमा स्थापित होटल साल्पामा आयोजित पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो कुराको जानकारी दिएको हो ।

फागुन २५ गतेबाट सुरु हुने अडिसनको फारम आजै (शनिबार)बाट खुलिसकेको समेत आयोजकले जानकारी दिएको छ । अडिसनको पहिलो संकरण माउण्ट एभरेष्ट प्रा.लि.को व्यानरमा सम्पन्न भएको थियो भने सोही प्रतियोगिताको दोस्रो संस्करण बुद्ध युथ क्लवले गर्ने भएको छ ।

मिस पथरीशनिश्चरे प्रथम संस्करणको उपाधि जितेकी रिजु भट्टराईले भर्खरै मिस पूर्वाञ्चलको उपाधि समेत जितेकी छिन् । गत संस्करणमा ७५ हजार नगद पुरस्कार राखिएकोमा अहिले भने वृद्धि गरेर १ लाख पु¥याएको छ । यस्तै फस्र्ट रनरअपले ६० हजार तथा सेकेन्ड रनरअपले ३५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ट्यालेन्टका साथै बेस्ट स्माइल, फ्रेण्डसिप,भ्यूअर्स च्वाईस, मल्टीमिडिया, फोटोजेनिक, बेस्ट पर्सनालिटी तथा बेस्ट वाल्कका विधामा जनही ८ हजारका दरले पुरस्कार वितरण गरिने आयोजकका सन्तोष राई (छत्र)ले जानकारी दिए ।

वैशाख २ गते फाइनल हुने कार्यक्रमको अनुमानित लागत करिब १४ लाख ५५ हजार रहने बताइएको छ । प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले रु ५ सय तिरी आवेदन फारम भर्न सक्नेछन् । गत वर्ष ३० जनाले प्रतिस्पर्धा गरेका थिए । यस पटक प्रतिस्पर्धी दुई गुणा बढ्ने आयोजकको अनुमान रहेको छ । १६ देखि २५ वर्ष उमेर समूहका युवतीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । सहभागी हुनका लागि ५ फुट २ इन्च हाइट तथा एस.ई.ई. पास हुनुपर्नेछ ।

सम्बन्धित खवर