महिला राष्ट्रिय लिग चैत ३ देखि, उदयपुरमा पहिलो चरण हुने - Crazysaptahik.com

महिला राष्ट्रिय लिग चैत ३ देखि, उदयपुरमा पहिलो चरण हुने

क्रेजी साप्ताहिक ।  डबल राउण्ड रोविनमा हुने राष्ट्रिय महिला लिग आगामी चैत ३ गतेदेखि सुरु हुने भएको छ । यसअघि फागुन अन्तिमबाट सुरु गर्ने भनिएको थियो । तर अब चैत ३ गतेबाट लिग सुरु हुने एन्फा महिला समितिकी अध्यक्ष तथा एन्फाको केन्द्रीय सदस्य पेमा लामाले अनलाइनखबरलाई जानकारी दिइन् पहिलो पटक डबल राउण्ड रोविनका आधारमा महिला लिग हुन लागेको हो ।

जसमा तीन विभागीय टोली एपीएफ, त्रिभुवन बर्मी र नेपाल पुलिस क्लबसहित अन्य चार नगरपालिकाको टिमले प्रतिस्पर्धा गर्नेछन् । माघमा रौतहटमा भएको उपमेयर कप महिला लिगमा उत्कृष्ट चार स्थान हात पारेका चन्द्रपुर, वालिङ, विराटनगर र चौदण्डीले तीन विभागीयसँगै लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

एन्फा महिला समिती अध्यक्ष पेमा लामाले पहिलो चरणको खेलहरु उदयपुरमा हुने बताइन् । यअसघि विराटनगरबाट लिग सुरु गर्ने भनिएपनि त्यहाँको मैदानमा फ्लड लाइट राख्ने काम भइरहेकोल पहिलो चरण उदयपुरमा गर्न लागेको उनले बताइन् ।

त्यहाँ सुरुको १४ खेल हुनेछ । ‘विराटनगरको मैदानमा फ्लड लाइट राख्ने काम भइरहेकोले लिगको पहिलो चरणको १४ खेल उदयपुरमा खेलाइनेछ,’ लामाले भनिन् ।

त्यसपछि बाँकी खेलहरु अन्य स्थानमा गर्नेगरी तयारी भइरहेको उनले जानकारी दिइन् । लिगको विजेताले नगद १५ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ८ लाख, तेस्रो हुनेले ५ लाख र चौथोले ३ लाख पुरस्कार पाउनेछन् ।

सम्बन्धित खवर