पथरी शनिश्चरेमा घर नक्सा सम्बन्धी कार्यविधि पारित - Crazysaptahik.com

पथरी शनिश्चरेमा घर नक्सा सम्बन्धी कार्यविधि पारित

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगर कार्यपालिकाको आइतबारको बैठकले घर नक्सा सम्बन्धी कार्यविधि पारित गर्नुका साथै विभिन्न बुँदाहरुमा निर्णय गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राई (किशोर)को अध्यक्षताको बैठकले नक्सा पास नभइ पहिले नै बनेका घरहरुको अभिलेखिकरण गर्नका लागि घर नक्सा कार्यविधि पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

बैठकले, नगरका हाट बजारलाई ठेक्का लगाउने तथा पथरी बजारमा अवस्थित नगरको सपिङ कम्पेक्स निर्माणस्थलमा रहेका व्यवसायीहरुलाई १ नम्बर वडा समितिको समन्वयमा बजारको पिपलबोट क्षेत्रमा व्यवस्थापन गरिने निर्णय समेत भएको उहाँले बताउनु भयो ।

साथै भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोगले अघि सारेको कार्यक्रम अनुरुप लगत संकलन कार्य अघि बढाउने र मतदाता नामावलीको अद्यावधिक गर्ने कार्य तोकिए बमोजिम सम्पन्न गर्ने पनि निर्णय भएको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.