विक्रमको कतारमा सफल शल्यक्रिया - Crazysaptahik.com

विक्रमको कतारमा सफल शल्यक्रिया

नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामाको खुट्टाको सफल शल्यक्रिया भएको छ । थ्री स्टार क्लबका कप्तान समेत रहेका लामाको कतारको दोहामा रहेको अस्पेटार अस्पतालमा सफल शल्यक्रिया भएको हो ।

थ्री स्टारले विक्रमको शल्यक्रिया सफल भएको सामाजिक सञ्जालमार्फत जनाएको छ । यस्तै राष्ट्रिय टिमका फिजियो आभिष्कार पुडासैनीले विक्रम शल्यक्रिया गर्न ९० मिनेट लागेको जनाएका छन् ।

दुई वर्षअघि खुट्टा भाँचिएपछि उचार गरेर मैदान फर्केका विक्रमलाई फेरि चोट बल्झेपछि उपचारका लागि कतार गएका थिए । विक्रमसँगै फरवार्ड विमल घर्ति मगर पनि शल्यक्रियाका लागि कतार गएका थिए ।

दुवै खेलाडी अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा शल्यक्रियाको लागि कतार गएका हुन् । विमलको शल्यक्रिया केहि दिन पछि गरिने छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.