लण्डन डर्बीमा चेल्सीले टोटनहमलाई हरायो - Crazysaptahik.com

लण्डन डर्बीमा चेल्सीले टोटनहमलाई हरायो

प्रिमियर लिगअन्तर्गत लण्डन डर्बी खेलमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ । जर्जिन्होले एकमात्र गोलको मद्दतमा चेल्सीले टोटनहमलाई १-० ले पराजित गरेको हो । जर्जिन्होले पहिलो हाफमा पेनाल्टीबाट गोल गरेका थिए ।

२४औं मिनेटमा टोटनहमका एरिक डायरले टिमो वेर्नरलाई फाल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । जसमा जर्जिज्नहोले गोल गरेका हुन् ।

जितपछि २२ खेलबाट ३६ अंक जोड्दै चेल्सी छैटौं स्थानमा उक्लेको छ । २१ खेलबाट ३३ अंकसहित टोटनहम आठौं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.