चेल्सी एफए कपको क्वाटरफाइनलमा - Crazysaptahik.com

चेल्सी एफए कपको क्वाटरफाइनलमा

प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बान्सलेलाई १-० ले पराजित गर्दै लण्डन क्लब चेल्सीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

बान्सलेको मैदानमा भउको खेलमा चेल्सीका लागी टमी अब्राहमले दोस्रो हाफमा निर्णायक गोल गरे । उनले खेलको ६४औं मिनेटमा गोल गरेका हुन् । चेल्सीले अब क्वाटरफाइनलमा प्रिमियर लिगकै अर्को क्लब शेफिल्ड युनाईटेडसँग खेल्नेछ ।

यस्तै उल्भ्सलाई २-० ले पराजित गर्दै साउथह्याम्पटन पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । साउथह्याम्पटनको जितमा डानी इङ्ग्स र स्टुवार्ड आम्सस्ट्रोङले एक-एक गोल गरे ।

साउथह्याम्पटनले क्वाटरफाइनलमा च्याम्पियनसिप क्लब बर्नमाउथसंग खेल्नेछ । यस्तै अन्य क्वाटरफाइनलमा म्यानचेष्टर सिटीले एभरटन र म्यानचेष्टर युनाइटेडले लेस्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनल खेलहरु मार्च २०\२१ मा हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.