टोटनहमको पोष्टमा सिटीको ३ गोल, शीर्ष स्थानमा ७ अंकको अग्रता - Crazysaptahik.com

टोटनहमको पोष्टमा सिटीको ३ गोल, शीर्ष स्थानमा ७ अंकको अग्रता

लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा टोटनहमलाई ३-० ले पराजित गरेको छ । इकाए गुन्डागोनको दुई गोल मद्दतमा सिटीले सहज जित हात पारेको हो । सिटीका लागि रोड्रीले अर्को एक गोल गरे ।

घरेलु मैदानमा भएको खेलमा गुन्डागोनले ५०औं र ६६औं मिनेटमा गोल गरे । त्यसअघि रोड्रीले २३औं मिनेटमा गोल गरेका थिए । जितपछि सिटीले दोस्रो स्थानको लेस्टर सिटी माथि ७ अंकको अग्रता समेत बनाएको छ ।

सिटीको २३ खेलबाट ५३ अंक छ । २४ खेल खेलिसकेको लेस्टरको ४६ अंक छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.