लिभरपुलको लगातार तेस्रो हार, अन्तिम १२ मिनेटमा तीन गोल गर्दै लेस्टर विजयी - Crazysaptahik.com

लिभरपुलको लगातार तेस्रो हार, अन्तिम १२ मिनेटमा तीन गोल गर्दै लेस्टर विजयी

इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलको खराब प्रदर्शन यस सिजन जारी छ । गोलकिपर र डिफेन्सको खराब प्रदर्शन कायम रहँदा लिभरपुल शनिबार लेस्टर सिटीसँग ३-१ ले पराजित भयो । खेलमा लिभरपुलले पहिले अग्रता लिएको थियो तर लेस्टरले अन्तिम १२ मिनेटमा तीन गोल फर्काउँदै खेल जितेको हो ।

लेस्टरको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६७औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता जोगाउन नसकेको लिभरपुलले डिफेन्समा पनि गल्ती ।

जेम्स म्याडिसनले ८९औं मिनेटमा फ्रिकिकमार्फत लेस्टरका लागि बराबरी गोल गरे । जेमी भार्डीले ८१औं मिनेटमा गोल गर्दै लेस्टरलाई २-१ को अग्रता दिलाए । गोलकिपर एलिसन बेकर र डेब्युटान्ट ओजान काबाकको तालमेल नमिल्दा भार्डीले खाली पोष्टमा गोल गरेका थिए ।

८५औं मिनेटमा हार्भे बार्न्सले गोल गरेपछि लेस्टरले ३-१ को जित हात पारेको हो । लिगमा लिभरपुलको यो लगातार तेस्रो हार हो । यसअघि ब्राइटन र म्यानचेष्टर सिटीसंग पराजित भएको थियो । साविक विजेतालाई हराएपछि लेस्टर २४ खेलबाट ४६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ ।

एक खेल कम खेलेको म्यानचेष्टर युनाइटेड ४५ अंकसहित तेस्रो स्थानमा झरेको छ । २२ खेलबाट ५० अंक जोडेको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ । पराजित लिभरपुल २४ खेलबाट ४० अंकसहित चौथो स्थानमै यथावत छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.