
साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजी फ्रेन्स लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले गएराती भएको खेलमा नाइसलाई २-१ ले पराजित गर्दै अंकतालिकामा लिलेलाई पछि पारेको हो ।
घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीलाई जिताउन युलियन ड्राक्सलर र मोइस केनले एक एक गोल गरे । ड्राक्सलरले २२औ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
रोनी लोपेजले ५०औं मिनेटमा नाइसका लगि बराबरी गोल गरेका थिए । तर ७६औं मिनेटमा मोइस केनले माउरो इकार्डीको पासमा निर्णायक गोल गरदै पीएसजीलाई जित दिलाए । २५ खेलबाट लिले समान ५४ अंक जोडेको पीएसजी गोलअन्तरमा अगाडी रहँदै शीर्ष स्थानमा उक्लेको छ ।
लिलेले एक खेल कम खेलेको छ ।

