मेस्सीको दुई गोलमा बार्सिलोनाको लगातार सातौँ जीत - Crazysaptahik.com

मेस्सीको दुई गोलमा बार्सिलोनाको लगातार सातौँ जीत

लियोनेल मेस्सी र फ्रान्सिस्को ट्रिन्काओले दुई–दुई गरेपछि बार्सिलोनाले आलोभसलाई ५–१ गोलअन्तरले पराजित गरेको छ । ला लिगामा बार्सिलोनाको यो लगातार सातौँ जीत हो । ट्रिन्काओले पहिलो हाफमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए भने मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

लुइस रिओजाले आलाभेसका लागि एक गोल फर्काए पनि उक्त गोल सान्तवना गोलमात्र बन्न पुग्यो । ट्रिन्काओलेले पुनः गोल गर्दै बार्सिलोनाको अग्रता फराकिलो बनाए । त्यसलगत्तै मेस्सीले अर्को गोल थपे भने जुनियर फिर्पोले बार्साको पाँचौ गोल गरे ।

३३ वर्षीय मेस्सीले शनिबारको खेलमा ज्याभीको क्लबका लागि कीर्तिमानी ५०५ खेल खेलेको कीर्तिमान बराबरी गरेका छन् । त्यस्तै, २१ वर्षीय ट्रिन्काओको यो बार्सिलोनाका लागि पहिलो शुुरुवाती खेल थियो । यसअघि उननी सब्सटिच्युटका रुपमा मैदानमा प्रवेश गर्ने गरेका थिए ।

जीतसँगै गोल अन्तरको आधारमा बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । अन्य खेलमा सेभियाले हुएस्कालाई १–० गोलले हरायो भने इबार र रियल भालाडोलिडले १–१ को बराबरीमा चित्त बुझाए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.