पीएसजीका खेलाडीहरुलाई सुत्न नदिन बार्सिलोनाका फ्यानहरुले पड्काए होडलअगाडि पटाका - Crazysaptahik.com

पीएसजीका खेलाडीहरुलाई सुत्न नदिन बार्सिलोनाका फ्यानहरुले पड्काए होडलअगाडि पटाका

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबिरुद्धको खेलमा लाभ हासिल गर्न बार्सिलोनाका समर्थकहरुले हर सम्भव उपाय अपनाइरहेका छन् । च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलअघि बार्सिलोनाले पीएसजीका खेलाडीहरु बसेको होटलअगाडि पटाका पड्काएका हुन् ।

मंगलबारदेखि शुरु हुने अन्तिम १६ को खेलमा बार्सिलोनाले फ्रेन्च च्याम्पियनको सामना गर्दैछ ।सबैभन्दा रोचक मानिएको यो भिडन्तमा बार्सिलोनाका समर्थकहरुले माउरिसियो पोचेटिन्होको टोलीलाई असहज बनाउने प्रयास गरिरहेका छन् ।

पाहुना टोलीका खेलाडीहरुको निद्रा भंग गर्ने आशासहित उनीहरुले पटाका पड्काएका थिए । एल चिरिन्गुइटोले प्रकाशित गरेको भिडियोमा समर्थकहरुले ठूलो आवाज गर्ने पटाकाहरु पड्काइएको देखिएको छ ।

सन् २०१७ मा पहिलो लेगमा ब्यहोरेको ४–० को हार उल्टाउँदै बार्सिलोनाले दोस्रो लेगमा ६–१ को जीत हासिल गरेको थियो । त्यस खेलपछि बार्साबाट नेयमार विश्व कीर्तिमानी २ सय मिलियन पाउन्डमा पीएसजीसँग आबद्ध भएका थिए ।

यसपटक कप्तान लियोनेल मेस्सी पनि नेयमारको बाटो पछ्याउँदै पीएसजी जाने चर्चा चलिरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.