शनिश्चरेमा प्रकृति चस्मा घर तथा आँखा उपचार केन्द्र सञ्चालन - Crazysaptahik.com

शनिश्चरेमा प्रकृति चस्मा घर तथा आँखा उपचार केन्द्र सञ्चालन

इश्वर दुलाल
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ मा अवस्तिथ हाटखोला बजारमा प्रकृति चस्मा घर तथा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।

मंगलबार एक कार्यक्रम गरी औपचारिक रुपमा सञ्चालनमा आएको हो । वडा नं. ९ वडा सदस्य निर्मला गदालले रिवन काटेर सो केन्द्रको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गदालले भन्नुभयो – शनिश्चरे आसपासका आँखा बिरामीहरु अन्यन्त्र गएर उपचार गर्न बाध्य अवस्थामा स्थानीय ठाउँमै आखाँ उपचार केन्द्र खुलेकोमा खुशी व्यक्त गर्दै शुभकामना दिनुभयो ।

अत्याधुनिक मेसिनको प्रयोग गरी आखाँको जाँच, पुर्जा अनुसारको पावर चस्मा, प्रोग्रेसिप लेन्स, कन्ट्रयाक लेन्स साथै फेन्सी चस्मा सुपथ मूल्यमा विक्री वितरणको सेवा उपलब्ध गराइनेछ ।

साथै हप्ताको एक दिन दक्ष तथा अनुभवी डाक्टर ललन रायको सेवा र २४ संै घण्टा आँखा विशेषज्ञ लिलाकान्त चौधरीको सेवा उपलब्ध रहने प्रकृति चस्मा घर तथा आँखा उपचार केन्द्रका सञ्चालक पदमलाल बास्कोटाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.