म्यानचेष्टर सिटीलाई १० अंकको अग्रता - Crazysaptahik.com

म्यानचेष्टर सिटीलाई १० अंकको अग्रता

एभरटनलाई पराजित गर्दै म्यानचेष्टर सिटीले शीर्ष स्थानमा प्रिमियर लिगमा १० अंकको अग्रता बनाएको छ । बुधबार राति भएको लमा सिटीले एभरटनलाई ३-१ ले पारजित गरेको हो ।

एभरटनको मैदानमा फिल फोडेनले ३२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा रिचार्लिसनले घरेलु टोली एभरटनका लागि बराबरी गोल फर्काए । पहिलो हाफको खेल १-१ को बराबरी भएपनि दोस्रो हाफमा सिटीले दुई गोल ।

६३औं मिनेटमा रियाद महारेज र ७७औं मिनेटमा बर्नार्डो शिल्भभाले गोल गरेपछि सिटीले सहज जित हात पारेको हो । जितपछि २४ खेलबाट ५६ अंक जोडेको लिग लिडर सिटीले दोस्रो स्थानमा रहेको छिमेकी क्लब म्यानचेष्टर युनाइटेडमाथि १० अंकको अग्रता बनाएको छ । समान खेलबाट युनाइटेडको ४६ अंक छ । एभरटन २३ खेलबाट ३७ अंकहित सातौं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.