साहित्यकारहरुको लिम्बुवान राज्य समिति - Crazysaptahik.com

साहित्यकारहरुको लिम्बुवान राज्य समिति

 

विर्तामोड। पूर्वी नेपालका साहित्यकारहरु झापाको विर्तामोडमा शनिबार संगठित भएका छन् । साहित्यकारहरु नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ तदर्थ लिम्बुवान राज्य समितिमा संगठित भएका हुन् ।

नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका केन्द्रीय संयोजक राजन मुकारुङको प्रमुख आतिथ्यमा मधुराज केरुङलाई संयोजक बनाउँदै समिति गठन भएको हो । समितिको सह–संयोजकमा शिरेन बान्तावा, पार्वता पोमु र दावा शेर्पा रहेका छन् ।

सचिवमा छत्र दर्लामी, सह–सचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा सुजन सेलिङलाई चयन गरेको छ ।समितिको सदस्यहरुमा डा. छत्र माबो, अजित धिमाल, इक्साहाङ चेम्जोङ, अर्चना गुरुङ, इन्द्रसिंह राजबंशी, मन्जुल सुनुवार, निमा पोङ्सुवा भोटिया र जितेन साम्पाङ रहेका छन । समितिको सल्लाहकारमा साहित्यकार मुनाराज शेर्मा, सुमित्रा बाङ्देल चेलि र सेसेहाङ फियाकलाई चयन गरेको छ ।

सम्बन्धित खवर