लिग लिडर एट्लेटिको लेभान्टेसँग पराजित, रियल अंकदुरी कम गर्दै - Crazysaptahik.com

लिग लिडर एट्लेटिको लेभान्टेसँग पराजित, रियल अंकदुरी कम गर्दै

स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग पराजित भएको छ । शनिवार घरेलु मैदानमै भएको खेलमा एट्लेटिको लेभान्टेसँग २-० ले पराजित भएको हो । लेभान्टेल खेलको दुवै हाफमा एक एक गोल गरेको थियो ।

खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएको थियो । इन्जुरी टाइममा जोर्ग डे प्रुटवसले लेभान्टेको लागि दोस्रो गोल गरे । यस सिजन ला लिगामा एट्लेटिकोको यो दोस्रो हार हो । हारपछि पनि २३ खेलबाट ५५ अंकसहित एट्लेटिको शीर्ष स्थानमा आसिन छ ।

तर दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनालाई यसले फाइदा पुगेको छ । रियलले शनिबार राति भएको खेलमा रियल भाल्लाडोलिडलाई १-० ले पराजित गर्दै एट्लेटिकोसँग अंकदुरी ३ मा झारेको छ ।

रियलका लागि कासेमिराले ६५औं मिनेटमा गोल गरे । २४ खेल खेलको रियल ५२ अंकसहित दोस्रो स्थानमा छ । २२ खेल खलेको बार्सिलोना ४६ अंकसहित तेस्रो स्थानमा छ । जितपछि लेभान्टे २४ खेलबाट ३१ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले आइतबार काडिजसंग खेल्नेछ । बार्सिलोनाले खेल जितेमा एट्लेटिकोसँग अंकदुरी ६ मा झार्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.