दमक । मदन पुरस्कार विजेता, पहिचान आन्दोलनका अभियन्ता एवम् साहित्यकार राजन मुकारुङले हरेक किसिमका प्रतिगमन विरुद्ध स्रष्टाहरुले आन्दोलन गर्नुपरेको बताएका छ्न् । दमकमा आयोजित स्रष्टा आन्दोलन २०७७ लाई सम्बोधन गर्दै मदन पुरस्कार विजेता समेत रहिसकेका मुकारुङले सो कुरा बताएका हुन् ।
स्रष्टा आन्दोलनमा प्रकाश बुढाथोकी, सुन्दर कुरूप, सुमित्रा वाङ्देल चेली, सेसेहाङ फियाक, बिराट किराती, सान्सेन पन्धाक, रचना लावतीले प्रतिगमन विरुद्ध कविताले प्रहार गरेका थिए ।