लिभरपुलको खराब प्रदर्शन कायमै, एभरटनसँग २-० ले पराजित - Crazysaptahik.com

लिभरपुलको खराब प्रदर्शन कायमै, एभरटनसँग २-० ले पराजित

प्रिमियर लिगको साविक विजेता लिभरपुलले यस सिजन खराब प्रदर्शन कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुल एभरटनसँग २-० ले पराजित भएको हो । सन् १९९९ पछि एभरटनले लिभरपुलको घरेलु मैदान एनफिल्डमा जित हात पारेको हो ।

एभरटनलाई जपत दिलाउन रिचालिर्सनले तेस्रो र जिल्फी सिगुरसनले ८३औं मिनेटमा गोल गरे । लिभरपुलले घरेलु मैदानमा यस सिजन लगातार चार खेल हारेको छ । शीर्ष डिभिजनमा सन १९२३ पछि यो पहिलो पटक हो । हारपछि २५ खेलबाट ४० अंक रहेको लिभरपुल छैटौं स्थानमै यथावत छ ।

२४ खेलबाट लिचरपुल समान अंक जोडेको एभरटन गोल अन्तरमा पछि पर्दै सातौं स्थानमा छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.