
साविक विजेता बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लाजियोमाथि सहज जित हात पारेको छ । गएराति भएको खेलमा जर्मन क्लब बायर्नले इटालियन क्लब लाजियोलाई ४–१ ले पराजित गरेको हो ।
लाजियोको मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले एक–एक गोल गरे । यस्तै लाजियोका खेलाडीले एक आत्मघाती गोल उपहार दिए । लाजियोका जोआक्विन कोरेयाले एक गोल फर्काए ।
खेलको नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । यस गोलपछि च्याम्पियन्स लिगमा ७२औं गोल गरेका लेवान्डोस्की सर्वाधिक गोल गर्ने खेलाडीमा तेस्रो स्थानमा समेत उक्लिएका छन् । क्रिस्टियानो रोनाल्डोले सर्वाधिक १३४ गोल गर्दा लिओनल मेसीले ११९ गोल गरेका छन् ।
राहुल गोन्जालेजले ७१ गोल गरेका छन् । लेवान्डोस्कीले राहुललाई पछि पारेका हुन् । २४ औं मिनेटमा १७ वर्षीय युवा खेलाडी जमलले डेयु गोल गर्दै गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । गर्दा बायर्नको अग्रता दोब्बर बन्यो ।
४२ औं मिनेटमा सानेले गोल गरेपछि बायर्नले पहिलो हाफमा ३–० को अग्रता बनायो । ४७ औं मिनेटमा फ्रान्सिस्कोले आत्मघाती गोल गरेपछि बायर्नले ४–० को अग्रता बनाएको थियो । लाजियोका लागि ४९ औं मिनेटमा जोआक्विनले एक गोल फर्काए ।
बायर्न र लाजियोबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ ।

