चर्चाको शिखरमा मलिका - Crazysaptahik.com

चर्चाको शिखरमा मलिका

क्रेजी साप्ताहिक
काठमाडौं – डेब्यू चलचित्र औषत सार्वजनिक भएता पनि मलिकाको चर्चा भने खासै चलेन । तर, चलचित्र ‘यात्रा’मा काम गरे पछि उनको आशा भने बढेर आयो । लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ बोलको गीत ब्लकबस्टर भएपछि मलिकाको चर्चा ह्वात्तै चुलिएको छ । यो गीतले ३ करोड ४० लाख भन्दा बढी भ्यूज पाउँदा उनको माग म्यूजिक भिडियो बजारमा ह्वात्तै बढेको छ । तर मलिका भने आफूले गीत हेरेर मात्र काम गरिरहेको बताउँछिन् ।

मलिकालाई रुचाउने दर्शकहरुको संख्या पनि बढेको छ । सोहिविच, उनी र नायक पल शाह द्धारा अभिनय गरेको ‘टाढा भएपनि’ बोलको फिमेल भर्सन सार्वजनिक भएको छ । यो गीत सार्वजनिक भएको २४ घन्टामै ९ लाख ७२ हजार भ्यूज पाउँदा नयाँ रेकर्ड राख्न सफल भयो । सार्वजनिक भएको २४ घन्टामै सर्वाधिक भ्यूज पाउने गीतको रेकर्ड यो गीतले राख्दै गर्दा मलिकाको चर्चा फेरि चुलियो । सो गीतले यो समाचार तयार पार्दाको समय सम्ममा ७३ लाख भन्दा बढि हेरिएको छ ।

एकपछि अर्को गीतले दर्शकको मन जितिरहँदा मलिका र पलको जोडीलाई पनि दर्शकले अ‍ैधि रुचाएका छन् । उनै, मलिका ‘दशौं नेफ्टा फिल्म अवार्ड’को ‘उत्कृष्ट नव–नायिका’ विधाको मनोनयनमा पनि परेकी छिन् । मलिका मनोनयनमा परेपछि अवार्ड नपाए मन दुख्ने पनि बताउँछिन् ।

दर्शकले दिएको मायाले आफूलाई काम गर्न अझै हौसला मिलिरहेको उनले बताईन् । मलिकाको ‘पानी फोटो’ नामक चलचित्र पोष्ट प्रोडक्शनको काम भैरहेको छ ।

 

सम्बन्धित खवर