च्याम्पियन्स लिगमा १००औं नकआउट म्याच खेल्दै रियल मड्रिड - Crazysaptahik.com

च्याम्पियन्स लिगमा १००औं नकआउट म्याच खेल्दै रियल मड्रिड

स्पानिस जायन्ट रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगमा एक सयौँ नकआउट म्याच खेल्दैछ । यस सिजनको च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियलले बुधबार राति इटालियन क्लब एटलान्टासँग खेल्दैछ ।

उक्त खेलपछि रियल च्याम्पियन्स लिगमा १०० औं नकआउट खेल खेल्ने पहिलो क्लब बन्नेछ । रियल र एटलान्टाबीचको खेल एटलान्टाको घरेलु मैदानमा हुनेछ ।

रियलको उक्त कीर्तिमानी खेलमा सन् २०१४ देखि २०१८ भित्र जितेको चार फाइनल खेलसमेत हुनेछ जसमा रियल विजेता बनेको थियो । पछिल्लो पटक सन् २०१७–१८ को सिजन उपाधि जितेको रियल पछिल्लो दुई संस्करणमा सेमिफाइनलसम्म पनि पुग्न सकेको छैन ।

यस सिजन पनि खेलाडीको चोटका कारण एटलान्टाविरुद्ध खेल्दा रियललाई चुनौती छ ।करिम बेन्जामा, एडेन हाजार्ड, रोड्रिगो, भेलभ्रेड, सर्जियो रामवस, मार्सेलोलगायत खेलाडी घाइते छन् ।जसमा गर्दा युथ टिममा ६ खेलाडी पहिलो टिममा समावेश गरिएको छ ।

युथ टिमका गोलकिपर डिएगो अल्टुबे, डिफेण्डरद्वय भिक्टोर चुस्ट र मिगुएल गुटिरेज, मिडफिल्डर एन्टोनिओ ब्लान्को र सर्जियो अरिबास तथा फरवार्ड ह्युगो डुरा पहिलो टिममा समावेश छन् ।

पछिल्लो दुई सिजन रियल अन्तिम १६ बाटै बाहिरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.