अवे मैदानमा रियल मड्रिड र म्यानचेष्टर सिटीको महत्वपूर्ण जित - Crazysaptahik.com

अवे मैदानमा रियल मड्रिड र म्यानचेष्टर सिटीको महत्वपूर्ण जित

स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा महत्वपूर्ण जित हात पारेका छन् । दुवै क्लबले अवे मैदानमा जित हात पारेका हुन् । रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई १–० ले पराजित गरेको हो ।

रियलका लागि फर्लान मेन्डीले ८६औं मिनेटमा निर्णायक गोल गरे । १७औं मिनेटमारेमो फ्रउलरले रातो कार्ड पाउँदै मैदान हिरिएपछि एटलान्टा घरेलु मैदानमा १० खेलाडीमा सिमित भएको थियो ।

यस्तै सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २–० ले पराजित गरेको हो । सिटीको लागि बर्नानर्डो शिल्भाले २९औं र गाब्रीएल जेससले ६५औं मिनेटमा गोल गरे । मोन्चेनग्लाडबाकको मैदानमा हुनु खेल कोभिड१९ को कारण हंगेरीको पुस्कास एरेनामा खेलाइएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.