
जर्मन क्लब वल्फ्सवर्गलाई समग्रमा ८–१ ले पराजित गर्दै इंग्लिस क्लब टोटमहम हट्सपर युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । राउण्ड अफ ३२ अन्तर्गत दोस्रो लेगमा टोटनहमले घरेलु मैदानमा वल्फ्सवर्गलाई ४–० ले पराजित गर्दै समग्रमा ८–१ को जित हात पारेको हो ।
टोटनहमका लागि कार्लोस भिनिसियसले ५०औं र ८३औं मिनेटमा गोल गरे । यस्तै डेले अली ११औं र गारेथ बेलले ७३औं मिनेटमा गोल गरे ।

