
बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सुरु भएको डिभिजन ‘ए’को खेलमा एमसीसी क्लबले विजयी सुरुवात गरेको छ । एमसीसीले सैनामैना क्रिकेट क्लबलाई १०८ रनको भारी अन्तरले पराजित गरेको हो ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको एमसीसीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १९२ रनको योगफल बनायो । उसका लागि प्रियांसु श्रेष्ठले ५६, विशाल मौर्यले ४१, मोहम्मद हुसेनले २०, सुशान्त थापाले १८ रोशनलाल गुप्ताले १३ रन बनाए ।
बलिङमा सैनामैनाका सुनिल पौडेलले ३, विशाल भुसालले २ तथा उदय पन्त, कृष्ण गिरी र बसन्त खड्काले समान १\१ विकेट लिए । जवाफी ब्याटिङ गरेको सैनामैना २७.५ ओभरमा अलआउट हुँदै जम्मा ८४ रन मात्रै जोड्न सक्यो ।
उसका लागि मनिष क्षेत्रीले २५ र सुनिल पौडेलले नटआउट १६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा एमसीसीका सन्तोष यादवले ४ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए ।
यस्तै मोहम्मद हुसेन र रमेश कुर्मीले २\२ तथा रोशनलाल गुप्ता र विशाल मौर्यले समान १\१ विकेट लिए ।

