बोलेरोको ठक्करबाट मोटरसाईकल यात्रीको मृत्यु - Crazysaptahik.com

बोलेरोको ठक्करबाट मोटरसाईकल यात्रीको मृत्यु

सुनसरी । २५ बर्षीय डिगन गुरुङको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको छ । बुधबार मध्येराती पौने १२ बजे बराहक्षेत्र नगरपालिका –५ भरोल स्थितमा दक्षिण तर्फ जाँदै गरेको को१ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आउदै गरेको ना३९प ५०७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटसाईकलमा सवार सोही स्थान बस्ने २६ वर्षीय कृष्ण कुमार राजधामी ।

२५ बर्षीय डिगन गुरुङ गम्भिर घाईते भएका थिए । घाईते मध्ये डिगन गुरुङको घोपा धरानमा उपचारको क्रममा सोही राती पौने १ बजे मृत्यु भएको थियो भने कृष्ण राजधामीको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

ठक्कर दिने बोलेरो र चालक उदयपुर चौदण्डी नगरपालिका बस्ने उदेश राई प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.