
युरोपियन फुटबलको प्रतिष्ठित क्बल पुटबल प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगका खेलहरु सम्पन्न भएका छन् । राउन्ड अफ १६ अर्थात प्रिक्वाटरफाइनल खेलको पहिलो लेगको ८ खेलमध्ये ७ खेल भ्रमणकारी टिम वा पाहुना टिमले जित्यो । एक खेल मात्र घरेलु टिमले जित्यो ।
पोर्चुगलको एफसी पोर्टो मात्र अपवाद रह्यो । पोर्चुगिज क्लब पोर्टोले घरेलु मैदानमा इटालियन च्याम्पियन युभेन्टसलाई २–१ ले पराजित गर्न सफल रहयो । बाँकी सबै खेल अवे टोलीले जिते । स्पानिस जायन्ट बार्सिलोना घरेलु मैदानमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग पराजित भयो ।
पीएसजीले बार्सिलोनालाई उसैको मैदानमा ४–१ ले हराउँदै शानदार जित हात पारेको थियो । गत सिजन यही बेला चार घरेलु टोलीले खेल जित्दा ३ अवे टोलीले जितेका थिए ।
एक खेल बराबरी भएको थियो । त्यसअघि सन् २०१३–१४ सिजनमा पनि १ होम टिमले मात्र खेल जितेका थिए । त्यसबेला ६ अवे टिमले जित्दा १ खेल बराबरी भएको थियो ।
अन्तिम १६ को पहिलो लेगको नतिजा :
एटलान्टा ०–१ रियल म्याड्रिड
एटलेटिको म्याड्रिड ०–१ चेल्सी
बार्सिलोना १–४ पिएसजी
आरबी लाइपजित ०–२ लिभरपुल
लाजियो १–४ बायर्न म्युनिख
बोरुसिया मोन्चेनग्लाडबाक ०–२ म्यान्चेस्टर सिटी
एफसी पोर्टो २–१ युभेन्टस
सेभिल्ला २–३ बोरुसिया डर्टमुन्ड

