वेष्ट इण्डिज राष्ट्रिय टिममा गेलको पुनरागमन - Crazysaptahik.com

वेष्ट इण्डिज राष्ट्रिय टिममा गेलको पुनरागमन

भेट्रान ब्याट्सम्यान क्रिस गेल दुई वर्षपछि राष्ट्रिय टिममा फर्केका छन् । वेष्ट इण्डिजले श्रीलंकाविरुद्धको टी–२० र ओडीआई सिरिजका लागि टिम घोषणा गर्दा गेल टी–२० टिममा अटाएका हुन् । शुक्रबार वेष्ट इण्डिजले किरण पोलार्डको कप्तानीमा १४ सदस्यीय टी–२० र १३ सदस्यीय वानडे टिम घोषणा गरेको हो ।

यसपटक वेष्ट इण्डिजले टिममा व्यापक परिवर्तन भएको छ । क्रिस गेल, फिडेल एडवाड्र्स, जेसन होल्डर जस्ता अनुभवी खेलाडी टी–२० टिममा परेका छन् । यस्तै एभिन लुइसले पनि पुनरागमन गरेका छन् ।

शिमरोन हेतमायर, सेल्ड्रन कट्रेल, ओसेन थोमस, किमो पउल, ब्रेण्डन किङ भने टिममा अटाएनन् । वेष्ट इण्डिजले घरेलु मैदानमा यही मार्च ४ देखि श्रीलंकाविरुद्ध तीन खेलको टी–२० सिरिज खेल्दैछ । टी–२० सिरिजपछि वेष्ट इण्डिज र श्रीलंकाले तीन खेलकै ओडिआई सिरिज पनि खेल्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.