बार्सिलोना दोस्रो स्थानमा उक्लियो - Crazysaptahik.com

बार्सिलोना दोस्रो स्थानमा उक्लियो

कप्तान लिओनल मेस्सीले गोल गर्नुका साथै गोलका लागि असिस्ट गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा सेभियालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० ले पराजित गरेको हो ।

सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान मेस्सी र ओसमाने डेम्बेलेले एक–एक गोल गरे । खेलको २९औं मिनेटमा मेस्सीकै पासमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

८६औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए । जितपछि २५ खेलबाट ५३ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । र लिग लिडर एट्लेटिको मड्रिडसँग अंकदूरी २ मा झारेको छ ।

यद्यपि एट्लेटिकोले २३ खेल खेलेको छ । २४ खेलबाट ५२ अंक रहेको रियल मड्रिड तेस्रो स्थानमा छ । सेभिया ४८ अंकसहित चौथो स्थानमा रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.