विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति - Crazysaptahik.com

विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

तेह्रथुम \ फेदाप गाउँपालिका– २  ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ ।

विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी शुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिनुभयो । आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागी हुनुका कारण विद्युत् सर्ट हुनसक्ने प्रअ दुलालले बताउनुभयो । आगलागीमा परी विद्यालयका प्रशासनिक कागजात, पुराना शैक्षिक अभिलेख, शैक्षिक सामग्रीलगायत अन्य भौतिक सामग्रीसमेत जलेर नष्ट ।

रु एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनुभयो । बिहान १०ः०० बजे शैक्षिक विद्यार्थी, स्थानीय अभिभावक र प्रहरीले आगलागी नियन्त्रणमा लिएको विद्यालयले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.