क्रेजी संवाददाता
पथरी । भूमी आयोगले मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा तत्काल काम थाल्ने जनाएको छ ।
आयोगले सोमबार नगरका राजनीतिक दलका प्रतिनिधि सम्मिलित आयोगको सहयोग एवम समन्वय समितिसंग छलफल गर्ने क्रममा आयोग केन्द्रीय सदस्य सरिता महर्जन र जिल्ला अध्यक्ष सुशीला घिमिरेले तत्काल काम थालिने बताउनु भएको हो ।
अघिल्लो आयोगले गरेको सबै कामको अपनत्व लिदै कम्प्युटर सफ्टवेयरमा दर्ता हुन बाकी रहेकाको तथ्याङ्क दर्ता गर्ने सहितका प्रक्रिया अघि बढाइने जनाउनुभयो ।
छलफलमा प्रदेश साम्सद कृष्णकुमारी राई, नगर प्रमुख दिलीपकुमार राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहित दलका प्रतिनिधिहरूले लामो समयदेखि जकडिएर बसेको भूमी समस्याको दिगो र न्यायोचित समाधानका लागि हरतरहले सहयोग पुर्याउने बताउनुभयो ।
मंगलबारबाट काम थाल्ने भन्दै आयोगले १ जना सर्भेक्षक र २ जना अमिनको व्यवस्थापन गरिसकेको उल्लेख गरेको छ ।