राष्ट्रिय युवा संघ कानेपोखरीद्वारा विरोध प्रर्दशन - Crazysaptahik.com

राष्ट्रिय युवा संघ कानेपोखरीद्वारा विरोध प्रर्दशन

क्रेजी संवाददाता
कानेपोखरी । स्थानीय तहको निर्वाचन तुरुन्त गर्नुपर्ने लगायत मागहरू सहित नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँ कमिटीले बुधबार विरोध प्रर्दशन गरेको छ ।                                                                       

कानेपोखरीको रमाइलो बजार परिक्रमा गर्दै राष्ट्रिय युवा संघ, अनेमासंघ र अनेरास्ववियुका कार्यकताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर, संविधान र लोकतन्त्रको रक्षा गर, लिपुलेक-कालापानी र लिम्पियाधुरा फिर्ता गर, अपराधीक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई कारबाही गर, विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर, शान्ति सुरक्षा कायम गर लगायतका लिखित नारा बोकि सरकारविरुद्ध प्रर्दशन गरेका थिए ।

बजार परिक्रमा पछि रमाइलो चोकमा भएको कोण सभालाई नेकपा एमाले मोरङ जिल्ला सदस्य दान बहादुर बस्नेत, राष्ट्रिय युवा संघ केन्द्रिय सचिवालय सद्स्य मोरङ जिल्ला संयोजक नवीन पौडेलले सम्बोधन गरेका थिए ।

सम्बन्धित खवर