क्रेजी संवाददाता
उर्लाबारी । भनिरहनु नपर्ला कोरोना महामारीले सबैभन्दा थलिएको शिक्षा क्षेत्र नै हो ।
विगत दुई वर्षयता अध्यापनका आयामहरु अस्तव्यस्त बने । उसैपनि स–साना नानीहरू ञनौ दिनमा नौलो, बीस दिनमा बिर्स्योझ स्वभावका हुन्छन् । विद्यालय होइन, घर नै हो भनेर प्रत्याभूत दिलाउने गरी बालबालिकालाई सिकाइमा तल्लिन गराउन उर्लाबारीमै फरक खालको मन्टेश्वरी शिक्षालय तयार भैसकेको छ ।
हाल द्रुतगतिमा संरचनाहरु निर्माण भैरहेका छन्झ सञ्चालक महेन्द्र खुलालले भने – आगामी नयाँ वर्षको अवसर पारेर कक्षाआरम्भ हुन्छ । उर्लाबारी ७ को पशुपतिमार्गको बीच खण्डमा करिब अढाइ कट्ठा क्षेत्रफलमा मन्टेश्वरी खुल्न लागेको हो ।
संस्कार पनि शिक्षापनि उदघोषसहित मन्टेश्वरीको नाम संस्कार पाठशाला राखिएको छ । प्रारम्भमा करिब एक करोड खर्चिएर भौतिक संरचना बनाइएको सञ्चालक खुलालले बताए । उनका अनुसार वतानुकुलित कक्षाकोठा, स्मार्ट बोर्डसहितका कोठाहरु मन्टेश्वरीमा रहने छन् ।
मन्टेश्वरी हातामा साँस्कृतिक संग्राहलयपनि हुनेछ । जसले बालबच्चालाई लोप हुदै गएका धेरै वस्तुबारे जान्न मद्दत पुर्याउने उनको विश्वास छ । ञदूध केले दिन्छ बाबु !झ भनेर सोध्दा कुनै बच्चाले गाईभैंसी सम्झिने अवस्था छैन, सहरका बच्चाले दूध ट्यांकरबाट झरेको देखेका छन् । यथार्थ बुझाउन हामी तल्लिन छौ, खुलालले भने । डिजिटल युगमा हलो, ठेकी मदानी,
मन्टेश्वरी ल्याबका सामग्रीहरु हुने नै भए यसका अलवा संस्कार मन्टेश्वरी एक केयर सेन्टरका रुपमा रहने बताइएको छ । गैरअभिभावकले पनि निश्चित दिनका लागि आफ्ना छोराछोरी सो पाठशालामा भर्ना गर्न सक्नेछन् । जस्तो ः कुनै काम विशेषले घरबाहिर जानुपर्दा अभिभावकले आफ्ना बच्चालाई एक वा केही दिनका लागि केयरका लागि संस्कार पाठशालामा राख्न सक्नेछन् ।
चारकिल्लाका घरमा भवन बैंक तथा वित्तीय संस्थाहरु रहेकाले मन्टेश्वरीलाई कुनै दख्खल नपर्ने देखिएको खुलाललको भनाई छ ।
लगानी नै गर्दा अरुपनि विकल्पमा जान सकिन्थ्यो तर बिसौ बर्ष शिक्षा क्षेत्रमै बिताएकोले यसैमा थप परिस्कृत गर्ने हुटहुटी चलेको खुलाल सुनाउछन् । भन्छन् – पहिलो त उर्लाबारी क्षेत्रमै सर्वोत्कृष्ट मन्टेश्वरी खोलौ भन्ने हाम्रो सोच हो । जसलाई मुर्तरुप दिन तल्लीन छौ ।
निजी विद्यालयले गति लिदै जाँदा कक्षाका तहहरु बढाइदै जाने प्रवृति जताततै छ । तर, मन्टेश्वरीमै आफुहरु सीमित रहने उनी बताउँछन् । जग बलियो होस् भनेर कक्षम १ मै सीमित पाठशाला खोलिएको खुलालले सुनाए ।
दुई बर्षदेखि ६ बर्षका बच्चाहरु पारिवारिक वातावरणमै अध्ययनमै अभ्यस्त रहने छन् । पाठशाला हाताको मनोरम फोहोरामा उनिहरु रम्नेछन् । अन्य खेल सामग्रीमा झुम्ने छन् । ९ः३० देखि ३ः३० सम्म संचालन हुने भएपनि अतिरिक्त बोर्डसपनि संस्कार पाठशालाले उपलब्ध गराएको छ ।
खुलाललका अलवा शिक्षासेवीलअमर काफ्ले, कुबेर न्यौपाने, पर्वत थापा र निरञ्जन कोइराला संस्कार पाठशालाका संचालक रहेका छन् ।