
क्रेजी संवाददाता
पथरी । भूमी आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले भूमि सम्बन्धी सम्पूर्ण समस्याको एकैसाथ समाधान प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।
उहाँले शनिबार मोरङको पथरी शनिश्चरे नगरपालिकाम नगरका राजनीतिक दलका प्रतिनिधि सम्मिलित आयोगको सहयोग एवम समन्वय समितिसङ्ग छलफल गर्ने क्रममा सो कुरा बताउनु भएको हो । उहाँले जोतभोग एउटाको र पूर्जा अर्कैको नाममा रहेकोखाले सहितका बसोबासका सबैखाले समस्याको समधान प्रक्रिया एकसाथ अघि बढाइने उल्लेख गर्नु भयो ।
सफ्टवेयरमा दर्ता हुन बाकी रहेकाको तथ्यांक दर्ता गर्ने र सकिएको ठाँउमा नापी थलिने उहाँको भनाइ छ । आयोग केन्द्रीय सदस्य सरिता महर्जन र जिल्ला अध्यक्ष सुशीला घिमिरेले तत्काल काम थालिने बताउनु भएको छ । अघिल्लो आयोगले गरेको सबै कामको अपनत्व लिदै कम्प्युटर सफ्टवेयरमा दर्ता हुन बाकी रहेकाको तथ्यांक दर्ता गर्ने सहितका प्रक्रिया अघि बढाइने जनाउनुभयो ।
छलफलमा, नगर प्रमुख दिलीपकुमार राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहित जनप्रतिनिधि, दलका प्रतिनिधिहरूले लामो समयदेखि जकडिएर बसेको भूमी समस्याको दिगो र न्यायोचित समाधानका लागि हरतरहले सहयोग पुर्याउने बताउनु भयो ।
आइतबार (आज)बाट काम थाल्ने भन्दै आयोगले १ जना सर्भेक्षक र २ जना अमिनको ब्यबस्थापन गरिसकेको उल्लेख गरेको छ । नगरले भोलिबाट सफ्टवेयरमा दर्ता हुन बाकी रहेकाको तथ्यांक दर्ता गर्ने प्रक्रिया थाल्ने भएको छ ।

