स्पेनिस ला लिगा : गेटाफेले लेभान्तेलाई हरायो - Crazysaptahik.com

स्पेनिस ला लिगा : गेटाफेले लेभान्तेलाई हरायो

स्पेनिस ला लिगाको २३औँ राउण्डको खेलमा गेटाफेले सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई ३–० गोलले हरायो ।

एकपक्षीय खेलमा गेटाफेलाई जिताउन इनेस उनालले दुई तथा कार्लेस एलेनाले एक गोल गरे । गेटाफेले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । इनेसले मौरो अरमबारीको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए ।

२९औँ मिनेटमा इनेसले माथियस ओलिभेराको पासमा गोल गर्दै गेटाफेको अग्रता दोब्बर बनाए ।गेटाफेले अर्को गोल दोस्रो हाफको इन्जुरी समयमा थपेको थियो । कार्लेसले बोर्जा मायोरलको पासमा गोल गर्दै गेटाफेलाई सानदार जित दिलाए ।

बल पोसेसनमा अब्बल रहेपनि पाहुना टोली लिभान्तेको गोल फर्काउने प्रयास सफल भएन । ५९ प्रतिशत बल पोसेसन राखेको लिभान्तेले खेलभर ११ वटा पोस्ट् प्रहार गरेपनि गेटाफेको रक्षापंक्ति चिर्न सकेन ।

गेटाफेका इनेस उनाल ‘म्यान अफ दि म्याच’ भए । जितसँगै गेटाफे १४औँ स्थानमा उक्लिएको छ । २३ खेल सकेको गेटाफेको २५ अङ्क छ । पराजित लिभान्तेमाथि रेलिगेसनको दबाब थपिएको छ ।अन्तिममा रहेको लिभान्तेको २२ खेलबाट ११ अङ्क पुगेको छ ।

लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २२ खेलबाट ५० अङ्क छ । दोस्रो स्थानमा रहेको सेभियाको ४६ र तेस्रो स्थानमा आसिन रियल बेटिसको ४० अङ्क छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.