एसी मिलानले इन्टर मिलानलाई पराजित गर्दा सिरी ए रोमान्चक बन्दै - Crazysaptahik.com

एसी मिलानले इन्टर मिलानलाई पराजित गर्दा सिरी ए रोमान्चक बन्दै

शीर्ष स्थानको इन्टर मिलानलाई २–१ अन्तरले पराजित गर्दै एसि मिलानले इटालीयन सिरी ए को उपाधिमा थप रोमाञ्चक बनाएको छ । पराजित इन्टर २३ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा कायम छ ।

२४ खेलबाट ५२ अंक बनाएको एसि मिलान दोस्रो स्थानमा छ ।शनिबार राति भ्रमणकारी टोली एसि मिलानको पुनरागमन जितमा ओलिभियर जिराउडले महत्त्वपूर्ण दुई गोल गरे ।

यस अघि घरेलु टोली इन्टरका इभान पेरिसिकले अग्रता बनाएपनी जितको लागि पर्याप्त रहेन । खेलको इन्जुरी समयमा थियो होर्नाण्डेजले रातोकार्डको सामना गर्दा एसि मिलान १० खेलाडीमा सिमित भएको थियो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.