बार्सिलोना र रियलको जित, एट्लेटिको पराजित - Crazysaptahik.com

बार्सिलोना र रियलको जित, एट्लेटिको पराजित

घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध सहज जितसँगै क्याटलन क्लब बार्सिलोना स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ । आइतबार राति क्याम्प नोउमा भएको खेलमा १–० ले पछि परेको बार्सिलोनाले १० खेलाडीमा पुनरागमन गर्दै ४–२ को जित निकालेको हो ।

जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने एट्लेटिको पाँचौ स्थानमा झरेको छ । बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाबी,रोनाल्ड अरौजो र डानी अल्भेसले १–१ गोल गरे । एट्लेटिकोका यान्निक कारास्सो र लुइस स्वारेजले १–१ गोल गरे ।

खेलको ६९ औँ मिनेटमा डानी अल्भेसले रातो कार्डको सामना गर्दा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । जितसँगै बार्सिलोनाले २२ खेलबाट ३८ अंक बनाएको छ । एट्लेटिकोको समान खेलबाट ३६ अंक छ । राति नै भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडाबिरुद्ध घरेलु मैदानमा १\० को कठिन जित निकाल्यो ।

रियलको जितमा मार्को एसेन्सियोले ७४ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै रियल २३ खेलबाट ५३ अंक सहित शीर्ष स्थानमा यथावत छ । समान खेलबाट २४ अंक बनाएको ग्रानडा १६ औँ स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.