युभेन्ट्सको १३ औँ जित - Crazysaptahik.com

युभेन्ट्सको १३ औँ जित

इटालीयन सिरि ए मा युभेन्ट्सले आइतबार राति हेलास भेरोनालाई २–० ले पराजित गरेको छ । जारी लिगमा १३औं जित निकाल्ने क्रममा युभेन्ट्सको लागि डुसान भिलाहोभिक र डेनिस जाकारियाले १–१ गोल गरे ।

जितपछि युभेन्ट्स २४ खेलबाट ४५ अंकसहित चौथो स्थानमा छ । समान खेलबाट ३३ अंकसहित भेरोना नवौं स्थानमा छ ।सिरी ए मा २३ खेलमा ५३ अंकसहित इन्टर मिलन शीर्ष स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.