
क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर\३ मगलबारेमा रहेको ईलाका प्रशासन कार्यालयको नयाँ स्थायी भवन पुरानो मंगलबारेमा बन्ने भएको छ । चौक क्षेत्रमा सागुरो ठाउँमा रहेर सेवा दिदै आएको प्रशासन कार्यालयको नयाँ सुविधा सम्पन्न् संरचना पुरानो मंगलबारेमा बन्ने भएपछि इलाका प्रशासन कार्यालय सर्ने निश्चित भएको हो ।
नयाँ संरचना निर्माणका लागि उर्लाबारी नगरपालिकाको पहलमा केन्द्रिय सरकारले ९ करोड ३५ लाख रुपैया बजेट विनियोजन गरेपछि सो कार्यालय सार्न लागिएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताए । मेयर फागोका अनुसार\मोरङका ६ वटा स्थानिय तहका नागरिकहरुलाई सेवा दिदै आएको कार्यलय अपर्याप्त पार्कीङ, जग्गा आभाब र राजमार्ग सगै जोडिएको सागुरो ठाउँबाट संचालन हुदा सो क्षेत्रमा बढीभिडभाड हुने र दुर्घटनाको जोखिम उच्च थियो, अव कार्यालय पुरानो बजारमा बन्ने निश्चित भएपछि त्यहाँको भिडभाड कम हुने र चौक देखी बजार सम्मनै बजारीकरण विस्तार हुने फागोको भनाई छ ।
भवन निर्माण र संचालनका लागि नगरपालिकाको सहयोगमा ६ कठ्ठा जामिन यस अघिनै छुट्याइ सकेको भएतापनि भवन निर्माणका लागि बजेट विनियोजन नहुदा निर्माण कार्य अगाडी बढ्न सकेको थिएन् तर हालै बजेटको सुनिश्चितता भएका कारण छिट्टैनै सो स्थानमा भवन निर्माण कार्य थालनी गरिने २ नम्वर वडा वडाध्यक्ष राजन कुमार कडेलले बताए ।
अध्यक्ष कडेलका अनुसार\ विगत लामो समय देखी प्रयोग विहिन बनेकोे सो क्षेत्रमा प्रशासन कार्यालय निर्माण हुने भएपछि जमिनको उपयोग हुनुका साथै मगलबारे बजार क्षेत्र पनि बिस्तार हुने र उर्लाबारीको बिकास र समृद्धिमा टेवा पुग्ने उनको भनाई छ ।जनतालाई छिटोछरितो सेवा प्रदान गर्न र समग्र उर्लाबारीको बिकास र समृद्धिलाई टेवा पुर्याउने सेवा क्षेत्रको स्थानान्तरणमा नगरपालिकाले चालेको कदम तारिफ योग्य रहेको स्थानियहरुले बताए ।

