
मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा बुधबार बाट शुरु दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ४ लाई १–० अन्तरले हराउँदै वडा नं. ७ विजयी भएको छ । खेल शुरु भएको ८ औं मिनेटमा वडा नं. ७ जर्सी नं. ९ का सञ्जय दनुुवारले गरेको आकर्षक प्रहारले जाली चुम्दै खेललाई १–० ले अग्रता दिलाए ।
सञ्जयको त्यो प्रहार नै वडा नं. ७ का लागी निर्णायक गोल बन्यो । मिक्लजुङ ७ ले गोल गरे संगै खेल थप प्रतिशपर्धात्मक बन्यो । मध्यान्तर पक्षि निक्कै आक्रामक खेल खेलको वडा नं. ४ ले वडा नं. ७ को रक्षात्मक डिफेन्सर बारलाई पार गरी जाली चुम्न सकेन । मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य , मोरङ जिल्ला फुटबल संघ अध्यक्ष दिपेन्द्र धिमालले खेलका रेफ्री मदन काफ्लेलाई फुटबल दिएर बेलुन उडाई खेलको उद्घाटन गरिएको थियो ।

उद्घाटन खेलमा उपस्थितहरुलाई मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष तथा खेलकुद विकाश समिति मिक्लाजुङकी संयोजक सरला राईले स्वागत मन्तव्य राख्नु भएको थियो । उद्घाटन खेलमा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य, उपाध्यक्ष सरला राई ,प्रमुख प्रशाशकिय अधिकृत शशि राई, वडाध्यक्षहरु, अखिल नेपाल फुटबल संघ मोरङ जिल्ला अध्यक्ष दिपेन्द्र धिमाल, विशिष्ठ संगितकार बिशाल राई, मिक्लाजुङका संघ संस्था प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उल्लेख्य दर्शकको उपस्थिती रहेको थियो । भोलीको खेल मिक्लाजुङ वडा नं. ६ र ९ बिच मध्यान्ह २ बजे बाट हुने खेल व्यवस्थापन समितिका संयोजक मदन श्रेष्ठले बताउनु भयो ।


