
क्रेजी संवाददाता
पथरी । ‘आउ नाचौ छम छम काठे भाकैले’ बोलको गीत रेकर्ड भएको छ । गीतलाई केहि दिन अघि एकस्टिक स्टुडियो काठमाण्डांैमा रेकर्ड गरीएको हो ।
गीतमा समधुर स्वरकी धनी अस्मिता अधिकारी र गायक सङ्गीतकार तथा सफल आर जे तारावीर पाण्डेले आवाज भरेका छन् । त्यस्तै गरी सङ्गीत सन्तोस श्रेष्ठ, शब्द अमर बान्तु, एरेन्ज राजु कार्कीले गरेका हुन् ।
समय अनुसार दर्शक श्रोताको रोजाइलाई मज्जाले बुज्ने गीतकार बान्तुले यस अघि पनि गर्मी भयो धरान , सिल्की कपाल, मा¥यो सुड्डोले लगायत थुप्रै हिट हिट गीतहरु पस्किसकेका छन । तारावीर र अस्मिताको आवाजमा रहेको काठे भाकैले बोलको गीतले पनि दर्शक श्रोताको मन जित्ने कुरामा बिस्वस्त रहेका छन् गीतकार अमर बान्तु ।
नेवारी जातीको महिला र काठे जातीको पुरुष बिचको प्रेम कथामा नेपालका ख्यातिप्राप्त कलाकारको साथमा गीतको म्युजिक भिडियो निर्माण गरी चाडैं सार्बजनिक गर्नेकुरा गीतकार बान्तुले जानकारी दिए ।


