
लङसिङ श्रेष्ठ
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा बुधबारबाट जारी दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत शुक्रबारको खेलमा वडा नं। ३ लाई ट्राइवेकरमा ४–२ को अन्तरले हराउँदै वडा नं। ५ सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारीत समयमा दुबै टिमले केही राम्रा अवसरहरु पाए पनि बलले जाली चुम्न सकेन । निर्धारीत समय गोल रहित बराबरीमा सकिए पछी खेल सिधै ट्राइवेकरमा परिणत भएको थियो । ट्राइवेकरमा वडा नं ३ लाइ ४–२ को अन्तरले हराउँदै वडा नं ५ प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

खेलका म्यान अफ दि म्याच मिक्लाजुङ वडा नं ५ का गोल किपर निशान मगर घोषित भए । शनिबारको खेल मिक्लाजुङ वडा नं १ र वडा ८ बिच मध्यान्ह २ बजे बाट मनोहर जनता मा।वि।को खेल मैदामा हुने खेल व्यवस्थापन समितिका संयोजक मदन श्रेष्ठले बताउनु भयो ।

